Logo

२१ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो शपथ ग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिस पटेल गरी तीनजनालाई मन्त्री नियुक्त गर्नुभएको हो । नियुक्त भएका मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । यस क्रममा जनमत पार्टीका महेश प्रसाद यादवले महत्त्वपूर्ण अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ, तर कांग्रेसका जंगीलाल राय र एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन ।

मुख्यमन्त्री यादवले आगामी मंसिर २४ गते प्रदेश सभामा विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा हुनुहुन्छ ।


सम्बन्धित समाचार