Logo

२१ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ । पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) मा प्रतिस्पर्धा गर्न इच्छुक तथा योग्य पार्टी सदस्यहरूलाई उम्मेदवारी दिन आह्वान गरेको हो ।

आन्तरिक छनोट र शुल्क

पार्टीको उम्मेदवार छनोट रूपरेखाबमोजिम मंसिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारहरूले रास्वपाको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् र त्यसका लागि २५ हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ ।

यद्यपि, आइतबार जारी गरिएको विज्ञप्ति अनुसार आर्थिक अभावका कारण शुल्क तिर्न नसक्ने योग्यता पुगेका पार्टी सदस्यहरूले भने आवेदनसँगै आवश्यक कागजातहरू पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत उम्मेदवार छनोट समितिमा अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।


सम्बन्धित समाचार