२२ मंसिर,काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई मूर्ति उपहार दिएका छन्। प्रसाईं विभिन्न मागसहित सिंहदरबार पुगेका थिए र सो अवसरमा प्रधानमन्त्री कार्की तथा गृहमन्त्री अर्यालसँग भेटवार्ता पनि गरे।
प्रसाईंको समूहले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूको छलफल बैठकमा भएको बताइएको छ। स्रोतका अनुसार, वार्तामा प्रसाईंका तर्फबाट १९ जना सहभागी थिए। भेटघाटले राजनीतिक तनावपूर्ण परिस्थितिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दामा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो।
यस अवसरमा प्रसाईंले गत मंसिर ६ देखि उठाउँदै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।















