Logo

१४ चैत,वीरगञ्ज । मौसममा परिवर्तन आएसंगै अहिले बालबालिकामा भाइल ज्वरोको संक्रमण बढ्न थालेको छ। ६ महीनाको शिशुदेखि १०–१२ वर्षसम्मका बालबालिकामा भाइरल ज्वरोको संक्रमण देखिएको हो।

नारायणी अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर शैलेष ठाकुरले करिब दुई सातादेखि भाइरल जीवाणुको संक्रमणले गर्दा भाईरल ज्वरो आउने बालबालिकाको सङ्ख्या बढ्न थालेको बताउनुभयो। अस्पतालमा बहिरंग सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशत बालबालिकामा अहिले भाइरल ज्वरो देखिएको छ । तीमध्ये १० जनामा दुई जनालाई अस्पतालमा भर्ना गर्नुपरेको डाक्टर ठाकुरले बताउनुभयो ।

भाइरल ज्वरोका बिरामी अहिले देशैभर देखिएको भन्दै अहिले नारायणी अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाही लगायत अन्य जिल्लाहरुबाट पनि ज्वरोका बिरामी उपचारका लागि आइरहेको डाक्टर ठाकुरले बताउनुभयो । साथै डाक्टर ठाकुरले बालबालिकाहरुलाई भाईरल ज्वरो बाट बचाउन अभिभावकहरुले सरसफाईमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।डाक्टर ठाकुरका अनुसार विद्यालय जाने बालबालिकामा भाइरल ज्वरोको प्रकोप धेरै देखिने गरेको छ ।

“एकै विद्यालयका अधिकांश बालबालिकाहरू बिरामी पर्न थालेका छन्। ज्वरो आएका बालबालिकालाई विद्यालय नपठाउनु नै राम्रो हुन्छ भन्दै ठाकुरले “बालबालिकालाई विद्यालय र परीक्षाको नाममा एउटै कक्षा कोठामा राखिएको छ, जसले गर्दा संक्रमण अझै फैलिरहेको बताउनुभयो। तर्सथ संक्रमण फैलन नदिन विद्यालय ब्यवस्थापनले पनि यस्मा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

मौसम परिवर्तन हुँदा बालबालिकामा यस्तो किसिमको संक्रमण देखिने साथै गर्मीको मौसममा खानेकुरामा झिँगा भन्किंदा, दूषित पानी पिउँदा, नपकाएका खानेकुरा खाँदा‚ सरसफाइमा ध्यान नदिंदा‚ खानेपानीमा फोहोर पानी मिसिंदा पनि यस्तो समस्या देखिने गरेको बताउनुभयो । यस्तै‚ गर्मीको वेला बालबालिकालाई झाडापखाला, जन्डिस, टाइफाइडको पनि संक्रमण हुन सक्ने भन्दै सबैले स्वास्थ्य सर्तकता अपनाउन डाक्टर ठाकुरले सुझाव दिनुभएको छ ।


सम्बन्धित समाचार