२३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हितसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि मुनुले आजै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि भेट गरेका थिए। भेटमा उनले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक स्रोतसाधन तथा सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका थिए।
भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने मुनु महावर आइतबार काठमाडौँ आएका हुन्।














