२३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै उपाधि यात्रातर्फ एक कदम अघि बढेको हो।
१ सय ५७ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर १४ ओभर १ बलमै ७८ रनमा समेटिएको थियो। विराटनगरका फाफ डु प्लेसिसले ३६ रनको योगदान दिए भने मर्चेन्ट डे लाङ्गे १५ रनमै सीमित रहे। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट लिए। हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट तत्परता दिए।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन जोडेको थियो। विनोद भण्डारीले उत्कृष्ट ६३ रन बनाए भने आरिफ शेख र शेल्डन ज्याक्सनले समान २०–२० रनको साथ दिए। विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले २–२ विकेट लिए।
दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम लिग चरणको शीर्ष स्थानबाट प्लेअफमै आएको हो। सन्दीप लामिछाने कप्तानी रहेको विराटनगर दोस्रो स्थानमा रहेर क्वालिफायर–१ मा पुगेको थियो। सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता टोली पनि हो।
अब विराटनगरले फाइनलको अन्तिम स्थानका लागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ, जसमा उसले इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटर खेल भोलि दिउँसो ४ बजे काठमाण्डु गोर्खाज (कप्तान करण केसी) र लुम्बिनी लायन्स (कप्तान रोहित पौडेल) बीच हुनेछ। विजेताले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे हुनेछ।
दोस्रो संस्करणको एनपीएल क्रिकेटको फाइनल खेल आउँदो शनिबार दिउँसो साढे ३ बजे सुरू हुने आयोजकले जनाएको छ।















