२४ मंसिर,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–४ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले फागुन २१ मा हुने निर्वाचनका लागि उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।
काठमाडौं–४ थापाकै निर्वाचन क्षेत्र हो। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन् र प्रत्यक्षतर्फ ३ पटक प्रतिनिधिसभा सदस्य बनेका छन्।
यसअघि थापाको नाम सर्लाही–४ र धनकुटाबाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको थियो। साथै, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले उनलाई रोल्पाबाट पनि सिफारिस गरिएको जानकारी दिएका छन्।















