Logo

२४ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते (शुक्रवार) विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार, आज विश्वासको मत लिने योजना भए पनि मुख्यमन्त्री यादवको कार्य व्यस्तताका कारण मिति सारिएको हो।

गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले मंसिर २१ मा तीन जना मन्त्रीसँगै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। उनसँगै जनमत पार्टीका अर्थमन्त्री महेश यादव, कांग्रेसका जंगीलाल राय, र नेकपा एसका कनिष पटेल विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए।

विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्यमन्त्री यादवले जानकारी दिएका छन्।


सम्बन्धित समाचार