२६ मंसिर,काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा शुक्रबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, दुर्घटना लु१ज ३९०८ नम्बरको जिप मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गर्दा भएको हो। दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको छ। हाल मृतकको पहिचान खुल्न सकेको छैन।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी पठाइएको छ। प्रहरीका अनुसार, दुर्घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन।
प्रहरीले अनुसन्धान जारी राखेको छ र स्थानीयले पनि सडक सुरक्षा नियमको पालना गर्न सचेत रहन आग्रह गरिएको छ।















