Logo

२७ मंसिर, वीरगञ्ज । अवकाश प्राप्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीको धोबिनी पालिका सभापतिमा चुनिएका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी धोविनीको प्रथम पालिका भेलाले कुर्मिलाई सर्वसम्मत रुपमा सभापतिमा चुनेको हो । उनी पूर्व प्रहरी परिषद पर्सा जिल्लाका अध्यक्ष पनि हुन।

भेलाले उपसभापतिमा निरज पटेल , सचिवमा उदित नारायण पटेल ,कोषाध्यक्षमा वृज लाल पटेल तथा सदस्यहरुमा प्रमोद पटेल ,नुबिन राम ,सन्दिप पटेल ,रामनरेश पटेल , सुरसती देवी ,रजरीश पटेल र प्रियंका देवी पासवान चुनिएकाछन् ।

रास्वपाका क्षेत्रिय सभापति जीतेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न भेलालाई रास्वापा पर्सा सभापति हरी पन्त लगायतका नेताहरुले सम्बोधन गरेका थिए । सभापति पन्तले भाद्र २३ र २४ गते जेन्जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरु विरुद्दको विद्रोह भएकोले अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक मात्र मुलुकको परिवर्तनको सम्बाहकको रूपमा हेरेको बताए । उनले अब रास्वपाले आसन्न निर्वाचनमा स्पष्ट रुपमा एकल बहुमत ल्याउने पनि बताए ।

कृष्णा पासवानले सहजिकरण गरेका उक्त भेलालाई केन्द्रिय सदस्य नन्दन यादब , प्रमोद रायमाझी ,सबु कँडेल ,दिलीप कुर्मी ,सोनालाल पटेल , परितोश द्विवेदी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।


सम्बन्धित समाचार