Logo

१५ चैत,वीरगञ्ज ।सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आदर्शनगरमा वृक्षरोपण गरिएको छ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर –१० तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमको प्रमुख अतिथि बिरगज महानगरपालिका पर्साका उपमेयर ईमतियाज आलम उपस्थितिमा भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्ष कोमल शाह, जिल्ला प्रहरी कार्यालय पर्साका स.प्र.जि.अ. भिमकान्त पौडेल , वडा प्रहरी कार्यालय विर्ता पर्साका प्र.नि. बिदुर सिवाकोटी , राकेश अग्रवाल ,मुकेश खेतान लगायत पदाधिकारीहरुको सहभागितामा बिरगंज महानगरपालिका वडा नं.१० स्थित आदर्शनगर हजारी महल पार्किङ र वडा नं.१० का विभिन्न स्थानमा वृक्षारोपन गरेको हो ।

वृक्षारोपण कार्यक्रममा म्यागो स्टिक एक सय थान निमको बिरुवा पचास थान गरि जम्मा १५० थान बिरुवा वृक्षरोपण गरीएको हो । उक्त कार्यक्रम अ.०९ः ०० बजेको समयमा सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रममा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्युको अध्यक्षतामा भएको हो ।


सम्बन्धित समाचार