Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएसँगै उनको पक्षबाट प्रमुख पदहरूमा उम्मेदवारहरूको टुङ्गो लाग्ने क्रम जारी छ ।

ओलीको टिमबाट महासचिव पदमा वर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नै उम्मेदवारी दिने निश्चित भएको स्रोतले जनाएको छ । यसैगरी, उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम चर्चामा आएको छ । यद्यपि, ज्ञवालीले उपाध्यक्षमा उम्मेदवार बन्न अस्वीकार गरेकाले उक्त विषयमा भने छलफल जारी रहेको बुझिएको छ ।

सम्पूर्ण उम्मेदवारहरूको अन्तिम टुङ्गो लाग्न बाँकी छ। यता, उपमहासचिव पदका लागि विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाललाई उम्मेदवार बनाउने गरी ओली पक्षभित्र छलफल अन्तिम चरणमा पुगेको जनाइएको छ ।


सम्बन्धित समाचार