Logo

१ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ।

निगमका अनुसार समायोजन गरिएको नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ।

ढुवानी लागतका आधारमा निगमले देशलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ। नयाँ मूल्य समायोजनअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजल/मट्टीतेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजल/मट्टीतेल प्रतिलिटर १४१ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ तथा डिजल/मट्टीतेल प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा पेट्रोलियम पदार्थको मूल्य समय–समयमा समायोजन गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै