Logo

२ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ।

महाधिवेशनमा समूहगत प्यानल बनाएर अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा छन्। आज बिहान अध्यक्ष पदका दुवै उम्मेदवारले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरेका छन्।

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैदेखि लाइनमा बसेका थिए। एमालेले ८० वटा विद्युतीय मेसिनमार्फत कुल २ हजार २६३ प्रतिनिधिका लागि मतदानको व्यवस्था गरेको छ।

मंगलबार बेलुका हुने भनिएको मतदान प्राविधिक कारण र तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। मतदानको क्रममा प्रतिनिधिसँगै उम्मेदवारहरूले पनि मत मागिरहेका छन्।

एमालेले आइतबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरेको थियो, तर प्यानलको अन्तिम टुंगो सोमबार मात्र टुंगिएको थियो।


सम्बन्धित समाचार