Logo

४ पुस, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने स्पष्ट लक्ष्यसहित पार्टी जनताका माझमा आएको बताएका छन्।

गोठालापानीमा विहिबार आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको मार्ग सुनिश्चित गर्दै जनताको अधिकार मजबुत बनाउने पार्टीको मूल उद्देश्य रहेको स्पष्ट पारे।

“संविधानमा रहेका कमजोरीहरू सच्याएर सुशासन कायम गर्न र भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन हामी दृढ छौँ,” उनले भने, “जनताको अधिकार सुनिश्चित नगरी देशको समृद्धि सम्भव छैन।”

नेता रावलले ‘जेनजी आन्दोलन’ का क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश अराजकतातर्फ धकेलिएको आरोपसमेत लगाए। उनले देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार असफल भएको दाबी गर्दै वर्तमान राजनीतिक अवस्थाले जनतालाई निराश बनाएको बताए।


सम्बन्धित समाचार
भर्खरै