Logo

१० पौष, काठमाडौँ । भारतको कर्नाटक राज्यस्थित चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला अधिकारी (डीसी) ले बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा दुर्घटना भएको पुष्टि गरेका छन्। बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको स्लीपर कोच बस विपरीत दिशाबाट आएको ट्रकसँग ठोक्किँदा बसमा आगो लागेको अधिकारीले जानकारी दिएका छन्।

घटनामा बसमा सवार ३२ यात्रु मध्ये ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

घटनास्थलबाट प्राप्त तस्वीरहरूमा बस पूर्णरूपमा क्षतिग्रस्त भएको देखिएको छ भने ट्रकको अगाडिको भाग पनि नराम्ररी क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ।

प्रहरी र उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर राहत कार्य सुरु गरेको छ। घटनाको थप अनुसन्धान जारी छ।


सम्बन्धित समाचार