Logo

१० पौष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखिएको भन्ने समाचार पूर्णतः झुठ्ठा भएको स्पष्ट पारेका छन्।

प्रचण्डले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन् कि चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुनै प्रकारको कुराकानी गरेका छैनन्।

उनले सबै पक्षसँग सम्बन्धित पुष्टिबिना एकपक्षीय ढंगले प्रवाह गरिएका यस्ता समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

साथै, प्रचण्डले सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिता अभ्यास गर्न र सत्यापित जानकारीमात्र सार्वजनिक गर्न सचेत रहनसमेत अनुरोध गरेका छन्।


सम्बन्धित समाचार