१० पौष, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस १२ देखि विभिन्न प्रदेशमा विरोध सभा सञ्चालन गर्ने तयारी गरेको छ। प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शनिबार विराटनगरमा सुरु हुने विरोध कार्यक्रम मधेश प्रदेशको जनकपुर (१४ पुस), वीरगञ्ज (१५ पुस) र लुम्बिनी प्रदेशको भैरहवा (१७ पुस) मा क्रमिक रूपमा आयोजना हुनेछ।
बस्नेतले बताए अनुसार, सातै प्रदेशमा पार्टीले प्रशिक्षण कार्यक्रम र प्रदेश समितिका अधिवेशनहरू सम्पन्न गरिसकेको छ। विरोध सभाहरूमा जसपा नेपालले २८ बुँदे मुख्य माग र राष्ट्रिय महत्वका मुद्दा उठाउनेछ।
सङ्घर्ष कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा कोण सभा, प्रदर्शन, ब्यानर र प्लेकार्डसहित शान्तिपूर्ण धर्ना तथा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध सभा/जनसभा पनि सम्पन्न भइसकेको छ। जसपा नेपालका नेताहरूले शान्तिपूर्ण तर दृढ सङ्घर्षको माध्यमबाट आफ्नो माग सरकारसमक्ष पुर्याउने दावी गरेका छन्।















