Logo

१३ पौष, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार गत निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेका थिए भने यसपटक ९ लाख १५ हजार ११९ मतदाता थपिएका छन्।

प्रकाशित नामावली अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नामावली आयोगको वेबसाइटमा सार्वजनिक गरिएको जानकारी दिए।

मतदाता नामावली ऐन, २०७३ को दफा २० अनुसार अन्तिम मतदाता नामावली प्रकाशित गरिएको हो। मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार आगामी फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण समेत अन्तिम नामावलीमा समावेश गरिएको छ।

यसैगरी, आगामी निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगले मतदातालाई मतदान केन्द्र तथा समयबारे समयमै जानकारी लिन र मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।


सम्बन्धित समाचार