Logo

१५ पुष, काठमाडौं । नेपाली बजारमा केही समयदेखि निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा मंगलबार उल्लेख्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन सुनको मूल्यमा प्रतितोला ७ हजार ९ सय रुपैयाँको भारी गिरावट आएको हो । सोमबार मात्रै ऐतिहासिक उचाइतर्फ उन्मुख हुँदै २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ, जुन उपभोक्ताका लागि ठूलो राहतको विषय बनेको छ ।

सुनसँगै चाँदीको भाउमा पनि मंगलबार ठूलो गिरावट देखिएको छ । महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ३ सय ५ रुपैयाँले घटेको छ। यसअघि आइतबार ४ हजार ८ सय ३५ र सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ४ हजार ५ सय ९० रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य फेरबदलका कारण नेपाली बजारमा पनि एकै दिन सुन र चाँदी दुवैको भाउमा यस्तो करेक्सन देखिएको व्यवसायीहरूको भनाइ छ ।


सम्बन्धित समाचार
भर्खरै