१५ पुष, काठमाडौँ। ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय परिसरमा मंगलबार एक थान पेस्तोल फेला परेको छ। पार्टी कार्यालय सरसफाइ गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा उक्त हतियार भेटिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार फेला परेको पेस्तोल खिया लागेको र काम नलाग्ने अवस्थामा रहेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार यो हतियार ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको वा हराएको हुनसक्ने देखिएको छ।
एमाले मुख्यालय जस्तो संवेदनशील स्थानमा हतियार कसले र कहिले लुकायो भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको प्रवक्ता जोशीले जानकारी दिनुभयो।















