Logo

१९ चैत, कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज मालपोत कार्यालय बाराका खरिदार सहित दुईजनालाई घुस रकम सहित पक्राउ गरेको छ ।

आयोगको हेटौंडा स्थित कार्यालयबाट खटेको टोलीले दस हजार घुस रकम सहित मालपोत कार्यालय बाराको रजिस्ट्रेसन फाँटका खरिदार रामविश्वास साह र लेखापढी सहयोगी गौरीशंकर कुश्वाहालाई पक्राउ गरेको हो ।

जग्गा पास गराईदिने भन्दै खरिदार साहले घुस रकम लिएको अख्तियारले जनाएको छ ।


सम्बन्धित समाचार