Logo

२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र पार्टी विधानअनुसार वैध ठहर गर्दै सो महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगको निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरूले कानुनी मान्यता पाउने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले गरेको दाबी स्वतः अस्वीकृत भएको आयोग स्रोतले जनाएको छ।

अब प्रत्यक्ष मनोनयनलगायत पार्टीका अन्य सबै गतिविधि र निर्णयहरू गगन–विश्व समूहको नेतृत्वमा आधिकारिक रूपमा लागू हुने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता दिएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ।

यद्यपि, निर्वाचन आयोगको यो निर्णयप्रति असन्तुष्ट पक्षले सर्वोच्च अदालत जाने कानुनी बाटो भने खुला रहेको छ।


सम्बन्धित समाचार