Logo

५ माघ, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरधाममा आयोजित चुनावी सभामा आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताएका छन्।

सभालाई सम्बोधन गर्दै उनले भने, “म काम गर्ने मान्छे हुँ, भाषण होइन। काम गरेको हेर्न चाहनुहुन्छ?”

बालेनले आफ्नो उदाहरण प्रस्तुत गर्दै भने, “काठमाडौंबासीले मलाई काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेर काम देख्ने मौका दिएका छन्। अब यहाँका जनताले पनि मेरो काम देख्न चाहनुहुन्छ?”

विशेषज्ञहरूले बालेनको यो भाषणलाई आगामी निर्वाचनमा मतदातामाझ आफ्नो कार्यप्रधान छवि प्रस्तुत गर्ने रणनीति रहेको विश्लेषण गरेका छन्।


सम्बन्धित समाचार