Logo

५ मांघ,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सोमबार जनकपुरमा आयोजित कार्यक्रममा मधेस जनता अब काठमाडौं गएर अधिकार माग्न नपर्ने बताएका छन्।

सभामा उनले भने, “काठमाडौं घुम्न जानुहोस्, पशुपति र स्वयम्भूको दर्शन गर्न जानुहोस्। अब अधिकार माग्न जाने होइन्। त्यो अधिकार अब यही प्रदेश–प्रदेशमा उपलब्ध हुनेछ।”

बालेनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने दाबी गर्दै सबैले घण्टीमा भोट हाल्नुपर्ने बताए। “सही समय र सही सरकार आउँछ,” उनले भने।

साथै उनले मधेसका उखु किसानहरूको माग सम्बोधन गर्न केन्द्रीय राजनीतिमा अब सक्रिय हुने प्रतिबद्धता जनाउँदै भने, “मधेसका उखु किसान माइतीघरमा आउँदा म मेयर मात्र थिएँ, त्यसैले केही गर्न सकिनँ। तर अब म तपाईंहरूको साथमा छु किनकी म केन्द्रीय राजनीतिमा आएको छु।”

विशेषज्ञहरूका अनुसार बालेनको यस भाषणले आगामी निर्वाचनमा मधेस क्षेत्रमा आफ्नो जनाधार बलियो बनाउने रणनीति भएको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार