६ माघ,काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तासँगै भक्तपुरमा चुनावी सरगर्मी बढेको छ। बस्नेतको उम्मेदवारीलाई एमालेले महत्वका साथ हेरेको छ भने समर्थकहरू उत्साहित देखिएका छन्।
यसैबीच, अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि आ–आफ्नो निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराइरहेका छन्। निर्वाचन आयोगका अनुसार आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ।
आयोगले साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ। मनोनयन दर्ता सम्पन्न भएसँगै आगामी निर्वाचनका लागि राजनीतिक गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।















