६ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका अभिताबचन दासले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्तासँगै पर्सा–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराउने क्रम जारी राखेका छन्।
निर्वाचन आयोग पर्सा निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत मधुसुधन आचार्यका अनुसार आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन प्रक्रिया भइरहेको छ। आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।















