Logo

 ६ माघ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

मिश्रले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्। उनका समर्थकहरू पनि कार्यक्रममा उपस्थित थिए र उम्मेदवारी दर्ता प्रक्रियामा उत्साह देखाइयो।

यसैबीच, अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि आ–आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने क्रम जारी राखेका छन्। निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जानकारी दिएको छ।


सम्बन्धित समाचार