६ माघ ,चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेता रेणु दाहाल ले चितवन क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन्।
भरतपुर महानगरपालिकाका प्रमुख पदबाट राजीनामा दिँदै रेणु दाहाल २१ फागुनमा हुने निर्वाचनमा सहभागी बनेकी हुन्। उनी भरतपुर महानगरपालिकामा दुई कार्यकाल नेतृत्व गरिसकेकी छिन्।
रेणु दाहाल यसअघि दोस्रो संविधानसभामा काठमाडौं–१ बाट पनि उम्मेदवार बनेकी थिइन्, तर त्यतिबेला पराजित भएकी थिइन्।















