Logo

६ माघ,काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङ ले काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन्। आज केहीबेर अघि उनले निर्वाचन कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो नाम दर्ता गराएका हुन्।

उनेपा अध्यक्ष घिसिङले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो अभियानमा पारदर्शिता, विकास र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने बताएका छन्। उनका समर्थकहरूले उनलाई उम्मेदवारी दर्ता गर्ने कार्यलाई उत्साहपूर्वक स्वागत गरेका छन्।

यो कदमसँगै काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।


सम्बन्धित समाचार