Logo

६ माघ,काठमाडौं । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारीबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवार रहेका बालेन शाहलाई झापा–५ मा सघाउने घोषणा गरेका छन्।

प्रसाईंले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै कांग्रेसको क्रियाशील सदस्यता र सभापतिको पदबाट औपचारिक रूपमा राजीनामा दिएको बताएका छन्। उनले भने,
ूअब मेरो यात्रा पद, कुर्सी वा झन्डाको होइन, परिवर्तनको हो।ू

उनले बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

हामीले यसबारे दमक नगरपालिकामा उपमेयरसमेत रहेकी प्रसाईंकी पत्नी रेगिना भट्टराईसँग पनि कुरा गरेका छौं। २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उपमेयर जितेकी भट्टराईले भनिन्,
ूउहाँ पहिले एमालेमा हुनुन्थ्यो। उहाँ कांग्रेसमा आएपछि मलाई सहज भएको थियो। उहाँले पार्टीमा चित्त दुखाउनुभएको रहेछ। मैले रोक्न खोजेँ, उहाँले राजनीतिक रूपमा मलाई प्रेसर नगर भन्नुभयो। मैले केही भनिनँ।ू

यो कदम झापा–५ को चुनावी वातावरणमा नयाँ चर्चा र तहल्का निम्त्याउने अपेक्षा गरिएको छ, जहाँ बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै चुनावी मैदानमा रहेका छन्।


सम्बन्धित समाचार