६ माघ,काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)का नेता डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। उनका प्रस्तावक नारायण खत्री र समर्थक रिजन राना मगर रहेका छन्।
पहिले चुनाव नलड्ने बताएका भट्टराईले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका थिए, जसले राजनीतिक माहोलमा नयाँ चर्चा र उत्साह थपेको छ।















