६ माघ,वीरगञ्ज । जनमत पार्टीका तर्फबाट श्याम गुप्ताले पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन्।
उनी मंगलबार निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्तापछि गुप्ताले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो चुनावी एजेन्डामा प्राथमिकता हुने बताए।
निर्वाचन आयोगका अनुसार, देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी साँझ ५ बजेसम्म दर्ता गर्न सकिनेछ।















