६ माघ,वीरगञ्ज । पूर्व मन्त्री किसान श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार जितपुरस्थित उखुबाली अनुसन्धान केन्द्रस्थित निर्वाचन कार्यालयमा पुगेका श्रेष्ठले औपचारिक रूपमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्।
उनीसँग ठूलो संख्यामा समर्थकहरू उपस्थित थिए, जसले पार्टीको झन्डा र ब्यानरका साथ र्याली निकालेर स्वागत गरेका थिए।
यससँगै बारा–४ मा आगामी निर्वाचनमा नयाँ राजनीतिक प्रतिस्पर्धा थपिएको छ।


















