Logo

६ माघ,वीरगञ्ज । पूर्वमन्त्री र राज्यमन्त्री रहबर अन्सारीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तर्फ उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। उनका प्रस्तावक शालिकराम अधिकारी र समर्थक युवराज न्यौपाने रहेका छन्।

अन्सारी लामो समय माओवादी केन्द्रको राजनीतिमा सक्रिय थिए र गत पुष २४ मा माओवादी केन्द्र छोडेर रास्वपा प्रवेश गरेका थिए। निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी साँझ ५ बजेसम्म दर्ता गर्न सकिनेछ।


सम्बन्धित समाचार