Logo

६ माघ,वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता अनिल रुंगटाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नं १ बाट आफ्नो मनोनयन दर्ता गराएका छन्।

उनको मनोनयन दर्तापछि अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गर्ने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।

देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ र प्रतिस्पर्धी दलहरूबीच चुनावी प्रक्रिया तिव्र गतिमा अगाडि बढिरहेको छ।


सम्बन्धित समाचार