Logo

६ माघ,वीरगञ्ज । नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गरेका छन्।

मनोनयन कार्यक्रमअघि पोखरिया नगरपालिकास्थित शिव मन्दिरमा विधिवत पूजा–अर्चना गर्दै, पाण्डेले वीर सहिद चन्दन पटेलको सालिकमा माल्यार्पण गरी लोकतान्त्रिक प्रक्रिया र सहिदप्रति सम्मान प्रकट गरेका थिए। यसले उनको राजनीतिक संस्कार, मूल्य र जिम्मेवारीबोधलाई उजागर गरेको छ।

मनोनयनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले भने, “शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै क्षेत्रलाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउने” प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, नयाँ सोच र परिणाममुखी नेतृत्वमार्फत पर्सा–३ लाई विकासको नयाँ मोडमा पुर्‍याउने विश्वास पनि व्यक्त गरेका छन्।


सम्बन्धित समाचार