६ माघ,वीरगञ्ज । राप्रपाका युवा नेतृ बिना जैसवालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नं २ बाट आफ्नो मनोनयन दर्ता गराएकी छिन्।
उनको मनोनयनपछि अन्य दलका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।
देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ र प्रतिस्पर्धी दलबीच चुनावी प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।















