६ माघ,वीरगञ्ज । राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रादेशिक कार्यालय परिसरमा आयोजना गरिएको थियो।
रक्तदान कार्यक्रमको उद्घाटन राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष राहुल कुमारले गरेका थिए। कार्यक्रममा ६ महिला सहित ४३ जनाले रक्तदान गरेका छन्। रक्तदाता मध्ये आयुष कोइटाला, दिया दास, अशोक यादव, मीना श्रेष्ठ लगायतका व्यक्तिहरू रहेका थिए।
कार्यक्रम नेपाल रेडक्रसको समन्वयमा सम्पन्न भएको थियो। प्रमुख अतिथि प्रादेशिक प्रमुख कमलेश ठाकुर रहेका थिए भने अन्य अतिथिहरूमा राहुल कुमार, मोद नारायण चौधरी, आलोक रंजन कर्ण लगायतको उपस्थिती थियो।
कार्यक्रमले स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वप्रतिको बैंकका कर्मचारीहरूको प्रतिबद्धता झल्काएको बताइएको छ।















