१० माघ,वीरगञ्ज । पर्सा मदिरा व्यवसायी संघको अध्यक्षमा चिनिलाल पटेल सर्वसम्मत चयन भएका छन्। वीरगञ्जमा शनिबार सम्पन्न संघको प्रथम वार्षिक साधारणसभाबाट पटेल अध्यक्षमा चयन भएका हुन्।
साधारणसभाबाट संघको उपाध्यक्षमा सन्दीप कुमार गुप्ता, महासचिवमा प्रदीप कुमार लोहार, सचिवमा रबिन्द्र प्रताप साह, कोषाध्यक्षमा राकेश कुमार साह तथा सदस्यहरूमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाईं, राम कुमार यादव र रञ्जित जैसवाल चयन भएका छन्।
पटेलकै अध्यक्षतामा तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा पर्सा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भण्डारी लगायतको उपस्थिति रहेको थियो।
साधारणसभामा संघका महासचिव प्रदीप लोहारले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष राकेश साहले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत दुवै प्रतिवेदन साधारणसभाले बहुमतले पारित गरेको जनाइएको छ।
















