Logo

फाइल तस्बिर

२४ चैत,बारा । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी २ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीबार नै छुटेका हुन् ।

वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार बिरुवा नष्ट गरेको आरोप लागेको थियो । सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीले दसौँ लाख मूल्य बराबरको क्षति गरे पनि अदालतले गरेको आदेशको विषयमा टिप्पणी गर्न नमिल्ने बताएका छन् ।

 

 


सम्बन्धित समाचार