१४ माघ, वीरगञ्ज । बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धर्मेन्द्र महतो रहेको प्रहरीले जनाएको छ।
बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार घटनाको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको हो। पक्राउ परेका महतोबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले घटनामा संलग्न आशंकामा मृतक सुमित्रा देवीकी २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिइसकेको थियो।
परवानीपुर गाउँपालिका–१ रहरियाडीमा बुधबार बिहान करिब २ बजेतिर धारिलो हतियार (चक्कु) प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको हत्या गरिएको थियो।
घटनामा सुमित्रा देवीका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिनाकुमारी घाइते भएका छन्। घाइते दुवैको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो पनि पढनुस्:-
बारामा आमाछोराको विभत्स हत्या : बुवा र बहिनी गम्भीर घाइते, बुहारी नियन्त्र
















