Logo

१६ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको ओपिडी सेवा आज बन्द रहेको छ। शहीद दिवसको अवसरमा आज सार्वजनिक बिदा परेकाले ओपिडी सेवा सञ्चालन नभएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले जारी गरेको सूचनाअनुसार ओपिडी सेवा बन्द रहे पनि आकस्मिक सेवा, भर्ना, प्रयोगशाला, फार्मेसी लगायतका अन्य अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालनमा रहनेछन्।

अस्पताल प्रशासनले बिरामी तथा सेवाग्राहीलाई यसबाट पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सेवा लिन आकस्मिक कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार