१७ माघ, वीरगञ्ज । फागुन २१ को निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन प्रेस चौतारी नेपाल पर्साले निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
वीरगन्जमा बसेको प्रेस चौतारी नेपाल पर्साको बैठकले कमिटी गठनसँगै चारै क्षेत्रका उम्मेदवारलाई जिताउन जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ।
पर्सा–१ मा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली र सह–सचिव मन्सुर खान, पर्सा–२ मा सह–सचिव पन्नालाल साह र वीरेन्द्र साह, पर्सा–३ मा सचिव कृष्णा कुशवाहा, धर्मेन्द्र चौरसिया र शैलेश गुप्ता, तथा पर्सा–४ मा सदस्य राजन बानियाँ र विकास पटेल जिम्मेवारीमा परिचालन भएका छन्।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा बसेको बैठकले संगठनका सदस्यहरूले सक्रिय भूमिका खेलेर चारै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवारको जित सुनिश्चित गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ।
















