Logo

२२ माघ,वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पर्सौनी बिर्ताका मतदातासँग भेटघाट गरेका छन्।

आज वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै उम्मेदवार पन्तले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्। घरदैलो कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चनाबाट गरिएको थियो। त्यसपछि कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा विस्तार गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार हरि पन्तले स्थानीय नागरिकहरूसँग संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार