Logo

२६ चैत, वीरगञ्ज । रौतहटको नक्कली परिक्षार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि देवाही गोनाहीका मेयर प्रमेलाल साह कानुसहित तीनजना फरार भएका छन । आफनो नाममा अरुलाई एसईई परिक्षा दिन लगाएको आरोपमा मुदा दर्ता भई पक्राउ प्ुर्जी जारी भएपछि मेयर कानुसहित तीन जना आरोपितहरु फरार भएका हुन ।

आफनो नाममा अरुलाई एसईईको परिक्षा दिन लगाएको आरोपमा मुदा दर्ता भएका मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित मावि लक्ष्मीनिया परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह र कुञ्जन साह फरार भएका छन् । तीनैजना अदालतले पक्राउ पु्र्जी जारी गरेको दिन देखि नै फरार रहदै आएको रौतहटका एसपी विरबहादुर बुढामगरले जानकारी दिए । फरार भएका तिनैजनाको खोजी कार्य जारी रहेको उनले बताए ।

एसईई परिक्षा अन्र्तगत गत चैत १९ गते आइतबार भएको गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी गरूडा नगरपालिका–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका साहको प्रबेश पत्रमा प्रेमलाल साह कानुको नाम थियो । कमललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले नै आफनो नाममा परिक्षा दिन लगाएको भनि खुलेको थियो ।

प्रवेशपत्रमा रहेको नामको तिन पुस्तेको आधारमा मेयर कानुको नाम नै आएपछि प्रहरीले मुदा दर्ता गरेको थियो । सोही मुदामा मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनियाँ माविका केन्द्राध्यक्ष तेजनारायण साह र अनुसन्धानको क्रममा नक्कली परिक्षार्थी प्रकरणमा नाम खुल्न आएका कुञ्जन साह बिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

 


सम्बन्धित समाचार