Logo

२७ चैत, बारा ।जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाईमा छ्नौट भएको ५० करोड लागतको योजना कार्यान्वयनको चरणमा पुगेको छ ।सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजले सो योजना कार्यान्वयनकोलागि महाबिर ईन्जिनियरिग एण्ड कन्स्ट्रक्सन प्रा.लि. ललितपुरलाई ठेक्का दिएको छ ।

चैत्र २२ गतेको पत्रले उक्त योजना साँत दिनभित्र कार्यान्वयनमा ल्याउँन निर्देशन दिएको सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजका प्रमुख झपट बहादुर थापाले जानकारी दिनुभयो । संघिय सहरी बिकास योजना अन्तर्गत प्राप्त सो बजेटमा २०८१ साल अश्विन २१ गते सम्ममा योजनाको कार्य सम्पन्न गर्नुपर्ने समय सिमा तोकिएको छ ।

योजना अन्तर्गत जीतपुरसिमरा उपहानगरपालिका वडा नं.९ स्थित गढीमाई मन्दिर हुँदै चिनिमिल जाने बाटो करिब ५ कि.मि.र सिमरा स्थित दुरसचार–औराह विबेकशिल टोल जाने सड्क करिब २ कि.मि. कालोपत्रे हुन गईरहेको छ । सो बाटोको चौडाई नाला बाहेक साँत मिटर रहेको छ ।त्यस्तै सोही योजनामा गढीमाई मन्दिरमा सुन्दर पार्क बनाउँन योजना रहेको जनाईएको छ ।

योजनाको अनुगमन तथा निरिक्षण गर्ने जिम्मा सघन शहरी तथा भवन निर्माण कार्यालयले जीतपुरसिमरा उपहानगरपालिकालाई दिएको छ । गत प्रतिनिधि तथा प्रदेश सभाको चुनाव हुनु अगाडि नै जीतपुरसिमरा उपमहानगरपालिकाको जनप्रतिनिधि , नगर स्तरीय राजनैतिक दलका प्रतिनिधि र नगरका ईन्जिनीयरहरुल सो योजना छनोट गरेका थिए ।

सिमरामा निर्माण गर्नुपर्ने योजनामा रहेको सेल्फि जोन नगरको उपमहानगरपालिकाको ईन्जिनीर संजिब रुपाखेतीको अवधारणा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार