९ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो चुनावको तयारीका क्रममा सम्भावित चुनौती र घटनाहरूलाई ध्यानमा राखेर समयमै पूर्वतयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ।
आज बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले केही समूहहरूले चुनाव बहिष्कारको नाममा चन्दा असुली गर्ने वा आफ्नो अस्तित्व देखाउने प्रयास गर्न सक्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्रीले आगामी हप्ता फागुपूर्णिमा पर्ने र रुकुम पूर्वलगायत हिमाली जिल्लामा हिमपातको जोखिम रहने भएकाले सुरक्षा चुनौती थपिन सक्ने बताए। त्यस्तै, तराईका केही जिल्लामा दलहरूबीच झण्डा जलाउने र उक्साउने गतिविधि बढेको उल्लेख गर्दै चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो।
साथै, प्रधानमन्त्री कार्कीले सबै पक्षलाई संयम अपनाउन र लोकतान्त्रिक संस्कारको पालना गर्न समेत आग्रह गर्नुभएको छ।

















