Logo

३० चैत,वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले ५ थान मोटर र सिंगल फेजको मिटर एक थानसहित विद्युत चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी बल पोखरिया सहितको विद्युत चुहावट नियन्त्रण टोलीले विन्दवासनी गाउँपालिकाको बहुवर्वामा गएराति डाईरेक्ट हुकिङ गरी विद्युत चोरी गरेर प्रयोग गरेको अवस्थामा ३ जनालई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ थान मोटर र सिंगल फेजको १ थान मिटर समेत बरामद भएको छ ।

सामान सहित पक्राउ परेका तीनैजनलाई आवश्यक आवश्यक कारवाही प्रक्रिया अगाडि बढाईएको नेपाल विद्युत प्राधिकरण पोखरीया बितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो । यसैबिच धनुषामा विद्युत् चुहावट गर्ने पाँच जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय र विद्युत् वितरण शाखा कार्यालय यदुकुवाबाट खटेको संयुक्त टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आज बिहान करिब ५ः४० बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी र विद्युत् वितरण शाखाका टोलीले हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका अन्तर्गतका मानिसहरूलाई विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनीहरू थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेको छ ।


सम्बन्धित समाचार