प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कुलमान घिसिङले आज बिहानै आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदान प्रक्रिया सुरु भए लगत्तै बिहान ७ बजे नै उनले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

काठमाडौँ-३ बाट प्रत्यक्षतर्फ चुनावी मैदानमा रहनुभएका घिसिङले मतदान पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन लोकतन्त्रको उत्सव भएको र सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरे। उनले बिहानै मतदान गरेर नागरिक कर्तव्य पूरा गरेको बताउँदै निर्वाचनले मुलुकमा नयाँ आशा र उज्यालो सञ्चार गर्ने विश्वास व्यक्त गरे ।

जनकल्याण माध्यमिक विद्यालय केन्द्रमा बिहानैदेखि मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ । घिसिङ सोही क्षेत्रबाट प्रतिनिधि सभाका लागि मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका उम्मेदवार हुन् । देशभर आज बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान कार्य जारी छ ।


सम्बन्धित समाचार